विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा.

blog-img
man-icon Prajwal Dahal calender-icon 12 January 2025

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का लागि विश्वका ५२ उत्कृष्ट गन्तव्यमध्ये नवौँ स्थानमा स्थान दिएको छ। यो उपलब्धिले लुम्बिनीको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई विश्वभर उजागर गर्दै नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पर्यटन कोषका सदस्य सचिव सानुराजा शाक्यले यो सूचीमा लुम्बिनी समावेश हुनु देशकै लागि ठूलो गर्वको विषय भएको बताए। "नेपालले पैसा खर्च गरेर पनि गर्न नसक्ने प्रचार यस उपलब्धिले सम्भव बनाएको छ," उनले भने। साथै, उनले यो गौरवलाई कायम राख्न सबै पक्षले जिम्मेवारीपूर्वक योगदान गर्नुपर्नेमा जोड दिए।

कोषका अनुसार सन् २०२४ मा ११ लाखभन्दा बढी पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए। यो सूचीले लुम्बिनीमा बौद्ध धर्मावलम्बीमात्र नभइ अन्य देशका पर्यटकलाई पनि आकर्षित गर्ने विश्वास लिइएको छ।

लुम्बिनीको शान्त वातावरण, धार्मिक महत्व र सांस्कृतिक सम्पदाले पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ। पर्यटन व्यवसायीहरूले यो सूचीले नेपाल आउने पर्यटकहरूको संख्या थप बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।

यसरी, न्यूयोर्क टाइम्सको सूचीमा लुम्बिनीको नाम समावेश हुनुले नेपालको पर्यटन क्षेत्रको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।


28th Magh 2081

Guru Travels Limited 


Share On: