Press Releases 2022

अन्तर्राष्ट्रिय हवाई टिकट तथा भ्रमण प्याकेज EMI सुविधामा, गुरु ट्राभल्स लिमिटेड र फिन्टारा सोलुसन्स (Fintara Solutions Pvt. Ltd.)बीच समझदारीपत्रमा हस्ताक्षर

November 11, 2026

काठमाडौँ, नेपाल, ११ नोभेम्बर  २०२६।

नेपालको पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेड र वित्तीय प्रविधि (FinTech) क्षेत्रमा कार्यरत फिन्टारा सोलुसन्स प्रा.लि. ((Fintara Solutions Pvt. Ltd.) – ONEBNPL बीच अन्तर्राष्ट्रिय भ्रमण प्याकेजहरूलाई थप सहज, सुलभ तथा ग्राहकमैत्री बनाउने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।

सम्झौतामा फिन्टारा सोलुसन्स प्रा.लि. (Fintara Solutions Pvt. Ltd.) – ONEBNPL का तर्फबाट कार्यकारी निर्देशक श्री आशिष कुमार शर्मा र गुरु ट्राभल्स लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत (COO) श्री अनिल धरेलले हस्ताक्षर गर्नुभएको हो।

यस सहकार्यको मुख्य उद्देश्य गुरु ट्राभल्सका ग्राहकहरूलाई अन्तर्राष्ट्रिय हवाई टिकट तथा भ्रमण प्याकेज बुकिङ गर्दा सहज किस्ताबन्दी भुक्तानी सुविधा उपलब्ध गराउनु हो। यस सुविधाअन्तर्गत बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले आफ्नो भ्रमण प्याकेजको भुक्तानी ३ देखि १८ महिनासम्मको ब्याजरहित मासिक किस्तामा गर्न सक्नेछन्।  त्यसैगरी, गुरु ट्राभल्स लिमिटेड ले फिन्टारा सोलुसन्स प्रा.लि. (Fintara Solutions Pvt. Ltd.) – ONEBNPL का कर्मचारी तथा सरोकारवालाहरूलाई अन्तर्राष्ट्रिय भ्रमण प्याकेजहरूमा रु. १०,००० सम्मको नगद छुट (Cash Discount) उपलब्ध गराउनेछ।

गुरु ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालनअधिकृत श्री अनिल धरेलले यस सहकार्यले ग्राहकहरूलाई सहज र सुविधाजनक रूपमा अन्तर्राष्ट्रिय भ्रमण प्याकेज बुकिङ गर्न सहयोग पुग्ने बताउनुभयो। त्यसैगरी, फिन्टारा सोलुसन्स (Fintara Solutions Pvt. Ltd.) – ONEBNPL का कार्यकारी निर्देशक श्री आशिष कुमार शर्माले यस सहकार्यले ट्राभल तथा पर्यटन क्षेत्रमा डिजिटल भुक्तानी र किस्ताबन्दी सुविधाको विस्तारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

यस सम्झौतासँगै दुवै संस्थाले आगामी दिनमा ग्राहककेन्द्रित सेवा, डिजिटल भुक्तानी तथा नवीन वित्तीय समाधानमार्फत दीर्घकालीन सहकार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022