Press Releases 2022

गुरु ट्राभल्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा संस्थाका अध्यक्ष श्री विज्ञान राज शर्माको अध्यक्षतामा मिति २०७९ पौष २८ गते, होटेल मण्डला बौद्धमा सम्पन्न

January 12, 2023

नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा संस्थाका अध्यक्ष श्री विज्ञान राज शर्माको अध्यक्षतामा मिति २०७९ पौष २८ गते, होटेल मण्डला बौद्धमा सम्पन्न भयो । संस्थाका संस्थापक शेयरधनी तथा नयाँ शेयरधनीका साथै पर्यटन बोर्डका पदाधिकारी र पर्यटन क्षेत्रका केही लब्धप्रतिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा भएको सो कार्यक्रममा संस्थाको नेतृत्वमा आगामी ४ वर्षे पूर्ण कार्यकालका लागि श्री विज्ञान राज शर्मा, श्री नवराज धरेल, श्री अनिल धरेल, श्री राम मोहन महर्जन र श्री कृष डंगोललाई निर्विरोध निर्वाचित गरिएको छ ।

अध्यक्ष श्री विज्ञान राज शर्मा तथा वरिष्ठ सल्लाहकार तथा शेयरधनी, अमेरिकाका लागि महामहिम महावाणिज्यदूत श्री प्रेमराजा महतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको सो कार्यक्रममा अध्यक्षले स्वागत मन्तब्य दिनु भएको थियो भने सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतले संस्थाले स्थापनाकाल देखि नै सन्तोषजनक कारोबार गर्दै आइरहेको र भविष्यमा अझ सेवालाई परिष्कृत गर्दै गुणस्तरीय सेवाप्रवाहमा जोड दिइने बताउनु भयो । संस्थाका सञ्चालक तथा प्रमुख सञ्चालन अधिकृत श्री अनिल धरेलले धन्यवाद ज्ञापन गर्नुभएको सो कार्यक्रममा नवनिर्वाचित सञ्चालक श्री कृष डंगोलले निर्विरोध निर्वाचन गर्नु हुने सबै शेयरधनीहरुप्रति कृतज्ञता ज्ञापन गर्दै भविष्यमा अझ बढी संस्थाको उन्नतिमा लागिरहने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

संस्थाले अनलाइनबारै सेवा खोज्ने, रोज्ने र खरिद गर्न मिल्ने सुविधा ल्याएको र सो सेवा प्रदान गर्ने वेवसाइट पोर्टल पनि सोही कार्यक्रममा शुभारम्भ गरियो । यस पोर्टलमा सबै होलिडे प्याकेजहरुका अतिरिक्त डोमेस्टिक हवाई टिकट सिधै खरिद गर्नमिल्ने सेवा उपलब्ध रहेको छ ।

नवनिर्वाचित सञ्चालकहरुलाई निर्वाचन अधिकृत अधिवक्ता सुशीलकाजी बानियाँले प्रमाणपत्र प्रदान गर्नुभयो । यसैगरी संस्थाको नयाँ सञ्चालक समितिलाई वरिष्ठ सल्लाहकार तथा शेयरधनी, अमेरिकाका लागि महामहिम महावाणिज्यदूत श्री प्रेमराजा महत, बेलायतक चर्चित व्यवसायी श्री पशुपति भण्डारी, शिक्षाविद डा. राजेन्द्र के.सी., उद्योग वाणिज्य महासंघ, प्रदेश १ का अध्यक्ष श्री टीकाराज ढकाल, नेपाल पर्यटन बोर्ड, नाट्टा, हान र टानका प्रतिनिधिहरुले बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन श्री मधुसूदन उपाध्यायले गर्नुभएको थियो ।

कम्पनीको प्रथम वार्षिक साधारणसभालाई सफल पार्ने शेयरधनीहरु, अन्य विशिष्ट महानुभावहरु, कर्मचारी सबैप्रति धन्यवाद व्यक्त गर्दछौं । कुशलतापूर्वक कार्यक्रमको संयोजन र नेतृत्व गर्ने व्यवस्थापन टिमलाई बधाई दिँदै नवनिर्वाचित पदाधिकारीहरुलाई पूर्ण कार्यकाल सफलताको कामना गर्दछौं ।

 धन्यवाद ।

गुरु ट्राभल्स लिमिटेड                        

मितिः २०७९ पौष २८

काठमाडौं

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022