Press Releases 2022

गुरु ट्राभल्स लिमिटेड तथा एनएमबि बैंक बीच व्यवसायिक सहकार्य सहमति

July 04, 2024

नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरू ट्राभल्स लिमिटेड तथा नेपालको बैंक तथा वित्तीय क्षेत्रमा सशक्त रूपमास्थापित / क्रियाशील वाणिज्य बैंक एनएमबि बैंकबीच व्यवसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । एनएमबि बैंकको प्रबन्धक एडीसी सेल्स

 श्री निर्विक सापकोटा तथा गुरू ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालक अधिकृत श्री अनिल 

 धरेलबाट हस्ताक्षरित सहमतिपत्र आज आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरियो ।

सहमतिपत्रमा उल्लेख भए बमोजिम एनएमबि बैंकका कर्मचारी तथा ग्राहकहरूलाई गुरू ट्राभल्स लिमिटेडले विभिन्न ट्राभल प्याकेजहरुमा रु.१०,०००|०० सम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ । यस्तै गुरु ट्राभल्स लिमिटेडका कर्मचारी एवम् ग्राहकहरूले बैंकमा ट्राभलकार्ड तथा डलरकार्ड खरिदमा रु.५००।०० बराबरको स्पेशल डिस्काउण्ट लगायत अन्य विविध सेवामा अफरहरू प्राप्त गर्ने जनाइएको छ । सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरूमा आपसी सहकार्य गरी समन्वयात्मक ढंगबाट गर्ने गराउने पनि सहमति भएको छ ।

कार्यक्रममा एनएमबि बैंकको  बबरमहल शाखा प्रबन्धक श्री निर्विक सापकोटाले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्नुभयो । गुरू ट्राभल्स लिमिटेडका साथमा भएको व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास समेत वहाँले व्यक्त गर्नुभयो ।

धन्यवाद ।

गुरु ट्राभल्स लिमिटेड

मितिः २०८०/०३ /२०

काठमाडौं

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022