गुरु ट्राभल्सद्वारा साउथवेस्टर्न स्टेट कलेजमा ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न
October 02, 2026
काठमाडौं, नेपाल | १४ असोज २०८३
गुरु ट्राभल्स लिमिटेडको
आयोजनामा काठमाडौंको बसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेज मा ‘यात्रामा
लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा
कलेजका करिब ५०० विद्यार्थी
तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा गुरु ट्राभल्स लिमिटेडका
COO श्री अनिल धरेलले
नेपालको पर्यटनको महत्व, आन्तरिक पर्यटन, जिम्मेवार तथा दिगो यात्रा,
पर्यटन क्षेत्रमा उपलब्ध करियरका अवसर तथा नेपालको
अर्थतन्त्रमा पर्यटनको योगदानबारे जानकारीमूलक प्रस्तुतीकरण दिनुभएको थियो।
विद्यार्थीहरूलाई नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाबारे
जानकारी दिँदै आफ्नै देशका पर्यटकीय गन्तव्यहरू भ्रमण गर्न, चिनाउन र संरक्षणमा योगदान
गर्न प्रेरित गरिएको थियो। कार्यक्रममा जानकारीमूलक भिडियो प्रदर्शन तथा अन्तरक्रियात्मक प्रश्नोत्तर
सत्रसमेत सञ्चालन गरिएको थियो।
साउथवेस्टर्न स्टेट कलेजका उप–प्रधानाचार्य श्री
हरि सिंह के.सी.ले विद्यार्थीहरूका लागि
यस्ता ज्ञानमूलक तथा व्यावहारिक कार्यक्रम
महत्वपूर्ण रहेको बताउँदै गुरु ट्राभल्स लिमिटेडलाई
धन्यवाद व्यक्त गर्नुभयो।
गुरु ट्राभल्स लिमिटेडले
विद्यार्थी तथा युवापुस्तामाझ पर्यटनको
महत्व, जिम्मेवार यात्रा र पर्यटन क्षेत्रमा
रहेका अवसरबारे जानकारी पुर्याउने उद्देश्यले ‘यात्रामा लगानी गर्नुहोस्’ अभियानलाई आगामी दिनमा पनि विभिन्न शैक्षिक
संस्था तथा समुदायमा निरन्तरता
दिने जनाएको छ।
Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022