गुरु ट्राभल्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
January 14, 2025
नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडको तेस्रो वार्षिक साधारण
सभा मिति २०८१ पौष २६ गते काठमाडौंको जमलस्थित Yellow
Pagoda होटलमा भव्य
रूपमा सम्पन्न भयो। कार्यक्रम संस्थाका अध्यक्ष श्री विज्ञान राज शर्माको
अध्यक्षतामा, संस्थापक शेयरधनीहरू, पर्यटन क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, र विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको
थियो। सभाको उद्घाटन अध्यक्ष श्री विज्ञान राज शर्मा, वरिष्ठ सल्लाहकार तथा शेयरधनी, अमेरिकाका लागि महामहिम महावाणिज्यदूत श्री
प्रेमराजा महत र एभरेस्ट इन ग्रुप यूकेका
अध्यक्ष, नेपाल पर्यटन बोर्डका बेलायतका पूर्व मानार्थ
जनसम्पर्क प्रतिनिधि, र
एनआरएनए अन्तर्राष्ट्रिय परिषद् केन्द्रीय समितिका सदस्य श्री पशुपति भण्डारी ज्युले संयुक्त रूपमा पानसमा बत्ति बालेर गर्नुभएको
थियो। साँझ ५:०० मा औपचारिक रूपमा सुरु भएको कार्यक्रम प्रमुख सञ्चालन
अधिकृत (COO) श्री अनिल धरेलले सञ्चालन गर्नुभएको थियो।
अध्यक्षको स्वागत मन्तव्यपछि संस्थाका सञ्चालक
प्रमुख कार्यकारी अधिकृत (CEO) नबराज धरेल ज्युले वार्षिक
प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा कम्पनीले स्थापनाकालदेखि सन्तोषजनक
प्रगति गर्दै आएको र भविष्यमा अझ गुणस्तरीय सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता
व्यक्त गरियो। प्रमुख सञ्चालन
अधिकृत (COO) अनिल धरेल ज्युले त्यसपछि कार्यालयमा सम्पन्न विविध गतिविधिहरूको विस्तृत
प्रस्तुति दिनुभयो।
कम्पनीले हालसम्म 1,00,00,000+
Social Media Reach, 1,500+ Corporates Served, 24,000+ People Travelled, 60 +Promoters,
1,35,000+ Membership, 27,000+ Inquiries Received, 30+ Team Strength, र वर्षमा 365
Days Served का माइलस्टोन
हासिल गरेको छ। सभामा आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षक
नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू प्रस्तुत गरिए, जुन शेयरधनीहरूको सर्वसम्मतिले पारित गरियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा "Invest
on Travelling" Award प्रदान गरियो, जसअन्तर्गत संस्थाको व्यापार ब्यबसाय प्रवर्द्धनमा
उत्कृष्ट योगदान पुर्याउने शेयरधनीलाई सम्मानित गरिएको थियो। उक्त पुरस्कार पशुपती भण्डारी, बेनिन्द्र कटुवाल ,लक्ष्मि गुरुङ ,दिनेश थापा ,विनय अमात्य ज्युहरूलाई प्रदान गरियो।
कार्यक्रमको अन्त्यमा कम्पनीका निर्देशक श्री क्रिष दंगोलले धन्यवाद ज्ञापन गर्दै सबै सहभागीहरूको भूमिका र सहयोगप्रति आभार व्यक्त गर्नुभयो। सभाको समापनपछि सहभागीहरूको लागि रात्रिभोजको समेत व्यवस्था गरिएको थियो। यस भव्य कार्यक्रमले गुरु ट्राभल्स लिमिटेडको प्रगति, प्रतिबद्धता, र पर्यटन क्षेत्रको भविष्यप्रतिको दृष्टिकोणलाई थप उजागर गरेको छ।
धन्यवाद ।
गुरु ट्राभल्स लिमिटेड
मिति : २०८१ पौष २६ गते
काठमाडौं
Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022