Press Releases 2022

कृतज्ञता ज्ञापन

August 07, 2022

गुरु ट्राभल्स लिमिटेड सामूहिक संकल्प, व्यवसायिक स्वच्छता र सामाजिक उत्तरदायित्व जस्ता साझा भावनाबाट प्रेरित भई पर्यटन व्यवसायका तुलनात्मक लाभप्राप्त क्षेत्रहरुमा लगानी, सहकार्य र विस्तारका कार्यहरु गर्न नवस्थापित नेपालकै पहिलो पव्लिक लिमिटेड ट्राभल कम्पनी हो । नेपालमा प्रचुर संख्यामा उपलव्ध प्राकृतिक, सांस्कृतिक एवम् साहसिक पर्यटनका विविध आकर्षणहरुलाई सुविधा, पहुँच तथा थप क्रियाकलापहरुमा लगानी बढाई पर्यटनको संख्यात्मक र गुणात्मक अभिवृद्धि गर्नेतर्फ हामी प्रयासरत रहनेछौं । 

पारदर्शिता, इमानदारी र जिम्मेवारीवोधमा आधारित भई खोलिएको यस कम्पनीको गत श्रावण २०, २०७९ मा भव्य समुद्घाटन तथा शुभारम्भ गरिएको छ । एक औपचारिक कार्यक्रमका बीच नेपाल सरकारका उर्जा, जलश्रोात तथा सिंचाइमन्त्री माननीय श्राी पम्फा भुसालज्यूले संस्थाको कार्यालय, व्यवसायिक सेवा एवम् संस्थागत पोर्टलको उद्घाटन गर्नुभयो । संस्थाका अध्यक्षज्यूको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले सबैलाई स्वागत गर्दै आभार व्यक्त गर्नुभएको थियो ।

हाम्रो निमन्त्रणालाई स्वीकार्दै कार्यक्रममा पाल्नुहुने एवम् हामीलाई समुन्नतिको शुभकामना प्रदान गर्नुहुने माननीय मन्त्रीज्यू, प्रतिनिधिसभाका सभासद माननीय डा. अमरेशकुमार सिंह, बाग्मती प्रदेशसभाका सभासद माननीय श्री राजकाजी महर्जन, गैह्रआवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा संरक्षक डा. उपेन्द्र महतो, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्री अन्जन कुमार श्रेष्ठ, मूर्धन्य कलाकार श्री हरिवंश आचार्यलगायत सार्वजनिक जीवनका लव्धप्रतिष्ठ व्यक्तित्वहरु, विभिन्न संस्थागत संघसंगठन तथा व्यवसायिक प्रतिष्ठानका प्रतिनिधिहरु, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरु, हाम्रा व्यवसायिक सहयात्री संस्थाका प्रतिनिधिहरु, नागरिक अगुवाहरु तथा तपाईं सम्पूर्ण महानुभावहरुप्रति हामी अनुगृहित छौं । सेवाका क्रममा हामीलाई कर्तव्यनिष्ठ एवम् जिम्मेवार बन्न यहाँहरुको यो विश्वासले सदैव प्रेरित गर्नेछ ।

कार्यक्रमको सफलताका लागि अहोरात्र खटिएका हाम्रा शेयरधनीज्यूहरु, कर्मचारी साथीहरु, सहयोगी व्यवसायिक प्रतिष्ठानहरु तथा व्यक्तिहरुप्रति पनि उच्च सम्मान प्रकट गर्दछौं । सबैको लगनशीलता, कुशलता र उत्साहजनक सहभागिताले नै यो कार्यक्रम यसरी भव्यरुपमा सम्पन्न भएको तथ्य यहाँ स्मरण गर्दछौं । पुनश्चः यात्रामा लगानी गरौं भन्ने मूल नाराका साथ पर्यटन क्षेत्रमा उद्यमशीलता प्रवद्र्धन गर्ने र समग्र राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने हाम्रो यो अभियानमा जोडिनुहुने, साथ र हौसला दिनुहुने तथा विश्वास गर्नुहुने सबैजनाप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

मितिः २०७९ श्राावण २२

नवराज धरेल                                                                                                                                                                                   विज्ञान राज शर्मा

प्रमुख कार्यकारी अधिकृत                                                                                                                                                                 अध्यक्ष

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022