खेल, संस्कृति र यात्रा एकै ठाउँमा: Guru Travels Ltd. को T20 विश्वकप खेल पर्यटन टुर सफल
February 24, 2026
Kathmandu, नेपाल — Guru Travels Ltd. ले विश्वप्रसिद्ध क्रिकेट प्रतियोगिता ICC Men's
T20 World Cup 2026 लाई केन्द्रमा राखेर सञ्चालन गरिएको Sports
Tourism Tour सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त टुरमा देशभरबाट करिब १५० जना क्रिकेटप्रेमी, विद्यार्थी,
परिवार तथा कर्पोरेट समूहका सहभागीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।समूह चरण (Group
Stage) को
खेलहरू सम्पन्न भए पनि, बाँकी खेलहरूको लागि सुनिश्चित म्याच टिकट, प्याकेजहरू र सबै
आवश्यक व्यवस्थाहरू अझै उपलब्ध छन्।
यो विशेष खेल पर्यटन टुरको उद्देश्य नेपाली क्रिकेट समर्थकलाई अन्तर्राष्ट्रिय स्तरको खेल उत्सवसँग प्रत्यक्ष जोड्नुका साथै खेलसँगै यात्रा, संस्कृति र स्थानीय अनुभवलाई एकैपटक प्रस्तुत गर्नु रहेको थियो। प्रतियोगिता अवलोकनसँगै सहभागीहरूले आयोजक शहरका प्रमुख पर्यटकीय स्थल, सांस्कृतिक सम्पदा र स्थानीय जीवनशैली नजिकबाट अनुभव गर्ने अवसर पाएका थिए।
यस टुरअन्तर्गत सहभागीहरूका लागि सुनिश्चित म्याच टिकट, अन्तर्राष्ट्रिय उडान व्यवस्थापन, होटल बसोबास, विमानस्थल तथा स्थानीय ट्रान्सफर, साथै व्यवस्थित शहर भ्रमण कार्यक्रम समावेश गरिएको थियो। सम्पूर्ण कार्यक्रमलाई सुरक्षित, सहज र समयमै सम्पन्न हुने गरी व्यवस्थापन गरिएको थियो, जसले सहभागीहरूलाई झन्झटरहित यात्रा अनुभव प्रदान गरेको छ।
करिब १५० जनाको सक्रिय सहभागितासहित सम्पन्न भएको यस खेल पर्यटन टुरले नेपालमा Sports Tourism को सम्भावना अझ बलियो हुँदै गएको संकेत गरेको छ। पछिल्ला वर्षहरूमा नेपाली युवाहरू र खेलप्रेमीहरूको अन्तर्राष्ट्रिय खेल प्रतियोगिताप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै यस्तो अवधारणामा आधारित टुर सञ्चालन गरिएको हो। टुरले Facebook, TikTok, Instagram र अन्य सामाजिक संजालमा राम्रो user engagement हासिल गरेको छ, प्याकेजसम्बन्धी विवरणहरू सहभागीहरूले “Refer & Win” अभियानमार्फत पुरस्कार जित्ने अवसर पाएका थिए।
यस अवसरमा Guru Travels Ltd. का प्रमुख सञ्चालन अधिकृत (COO) Anil Dharel ले भन्नुभयो,
“T20 विश्वकपजस्तो अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितालाई केन्द्रमा राखेर सञ्चालन गरिएको हाम्रो यो खेल पर्यटन टुर नेपाली खेलप्रेमीका लागि अत्यन्तै उत्साहजनक अनुभव बनेको छ। करिब १५० जनाको सहभागिताले नेपालमा खेल पर्यटनको ठूलो सम्भावना रहेको स्पष्ट देखाएको छ। आगामी दिनमा पनि क्रिकेट, फुटबल तथा अन्य अन्तर्राष्ट्रिय खेल प्रतियोगितालाई लक्षित गरी अझ व्यवस्थित र गुणस्तरीय खेल पर्यटन कार्यक्रमहरू ल्याउने हाम्रो योजना छ। खेल हेर्न मात्र नभई यात्रालाई पनि जीवनभर सम्झनलायक अनुभव बनाउने हाम्रो लक्ष्य हो।”
उहाँले यस प्रकारका खेल पर्यटन कार्यक्रमहरूले नेपाली यात्रुहरूलाई नयाँ गन्तव्य र अन्तर्राष्ट्रिय खेल संस्कृतिसँग जोड्नुका साथै नेपालबाट बाहिरिने खेल पर्यटन बजारलाई समेत मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।यस टुरको सफलताले भविष्यमा थप अन्तर्राष्ट्रिय खेल प्रतियोगितालाई केन्द्रमा राखेर यस्तै प्रकारका संगठित र सुरक्षित खेल पर्यटन प्याकेजहरू सञ्चालन गर्ने आधार तयार भएको Guru Travels Ltd. ले जनाएको छ।
Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022