Press Releases 2022

गुरु ट्राभल्स लिमिटेड तथा क्लासिक टेक प्रा.लि. बीच व्यवसायिक सहकार्य सहमति

February 23, 2026

नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेड तथा नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सशक्त रूपमा स्थापित इन्टरनेट सेवा प्रदायक (ISP) कम्पनी क्लासिक टेक प्रा.लि. सँग व्यावसायिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । क्लासिक टेक प्रा.लि.का चिफ बिजनेस डेभलपमेन्ट अफिसर श्री रोजित भट्टराई तथा गुरु ट्राभल्स लिमिटेडका चिफ अपरेटिङ अफिसर (COO) श्री अनिल धरेल बीच हस्ताक्षरित समझदारीपत्र आज आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो

सम्झौताअनुसार गुरु ट्राभल्स लिमिटेड तथा क्लासिक टेक प्रा.लि. दुवै संस्थाका कर्मचारी तथा सरोकारवालाहरूका लागि विशेष छुट तथा सुविधाहरू उपलब्ध गराइने व्यवस्था गरिएको छ । यस अन्तर्गत गुरु ट्राभल्स लिमिटेडले, क्लासिक टेक प्रा.लि. संस्थाका कर्मचारी तथा सरोकारवालाहरूलाई international ट्राभल प्याकेजमा रु. १०,००० सम्मको विशेष छुट, डोमेस्टिक ट्राभल प्याकेजमा २.५ प्रतिशत छुट तथा डोमेस्टिक हवाई यातायात सेवामा प्रति टिकट रु. ५० नगद छुट प्रदान गर्नेछ । साथै, क्लासिक टेक प्रा.लि.ले गुरु ट्राभल्स लिमिटेड संस्थाका कर्मचारी तथा सरोकारवालाहरूलाई इन्टरनेट प्याकेज, कर्पोरेट कम्युनिकेशन सेवा तथा अन्य डिजिटल समाधानहरूमा १५ प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरिएको छ (क्लासिक टेकका कर तथा सेवा शुल्क बाहेक)। साथै, दुवै संस्थाले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन गरिने विभिन्न कार्यक्रम तथा गतिविधिहरूमा आपसी सहकार्य गर्ने सहमति गरेका छन् ।

कार्यक्रममा क्लासिक टेक प्रा.लि.का चिफ बिजनेस डेभलपमेन्ट अफिसर श्री रोजित भट्टराईले यो सहकार्यमा जोडिन पाउँदा खुशी व्यक्त गर्दै, “गुरु ट्राभल्स लिमिटेडसँग भएको व्यावसायिक सहकार्यले दुवै संस्थाबीच प्रविधिमैत्री सेवा विस्तार गर्न सहयोग पुग्नेछ । यस सहकार्यबाट ग्राहकहरूलाई थप छिटो, भरपर्दो तथा गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्न सकिनेछ र डिजिटल प्रवर्द्धनमार्फत पर्यटन क्षेत्रको विकासमा समेत सकारात्मक योगदान पुग्नेछ,” भन्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, गुरु ट्राभल्स लिमिटेडका चिफ अपरेटिङ अफिसर (COO) श्री अनिल धरेलले यस समझदारीले गुरु ट्राभल्स लिमिटेडका सेवा तथा डिजिटल प्लेटफर्मलाई थप प्रभावकारी बनाउने, ग्राहकलाई अनलाइन बुकिङ, जानकारी प्राप्ति तथा डिजिटल सेवामा सहज पहुँच उपलब्ध गराउने र क्लासिक टेकको भरपर्दो तथा छिटो इन्टरनेट सेवामार्फत ट्राभल व्यवसायलाई अझ प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस सहकार्यले पर्यटन क्षेत्रको डिजिटल प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने पनि बताउनुभयो

धन्यवाद

Guru Travels Ltd, to Hold Annual General Meeting on August 05, 2022